ढुंगाले लागेर श्रमिकको मृत्यु

19 Dec, 2022

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको याङवरक गाउँपालिका ३ को निर्माणाधीन इङवा खोला हाइड्रो पावर कम्पनीमा कार्यरत एक जना श्रमिकको ढुंगाले लागेर मृत्यु भएको छ ।

मृत्यु हुनुेमा बर्दिया जिल्लाको बारबर्दिया गाउँपालिका–८ का स्थायी बासिन्दा ३३ वर्षीय लालबहादुर थारू रहेका छन् ।

निर्माणाधीन उक्त हाइड्रो पावरसम्म जाने बाटो खन्न लगाइएको जेसीबीले काम गरिरहेका बखत माथिबाट खसेको ढुंगाले टाउकोमा लाग्दा सख्त घाइते भएका उनलाई पाँचथर अस्पतालमा उपचारार्थ ल्याइपुर्‍याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनापछि जेसीबीका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख डीएसपी) हरि खतिवडाले जानकारी दिए ।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024