डिपेन्डेन्ट भिसामा यूके लैजाने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

17 Feb, 2025

२ फागुन, काठमाडौं । डिपेन्डेन्ट भिसामा यूके लैजाने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काभ्रेका १९ वर्षीय मनिष भुजेल र २१ वर्षीय निशान पहारी छन् । उनीहरूलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

फेसबुकमा नेहा गुरुङ नाम गरेको नक्कली आईडी बनाएर उनीहरूले विभिन्न युवकहरूसँग कुरा गर्दैै डिपेन्डेन्ट भिसामा यूके लाने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले ६ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोप छ ।

पक्राउ परेका दुवै जनालाई आपराधिक विश्वासघातको कसुरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024