डिपेन्डेन्टमा क्यानडा लैजाने भन्दै २० लाख लिएर फरार सुजिता पक्राउ 

9 May, 2025

डिपेन्डेन्टमा क्यानडा लैजाने भन्दै २० लाख रुपैयाँ लिएर ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ। दोलखाको वैतेश्वर गाउँपालिका– ८ घर भई भक्तपुरको गठ्ठाघर बस्ने २७ वर्षीया सुजिता अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पक्राउ गरेको हो।

आफूसँग क्यानडाको भिसा भएको र कोर्ट म्यारिज गरी डिपेन्डेन्टमा क्यानडा लैजाने भन्दै एक युवकसँग २० लाख लिएकी थिइन्। पैसा लिएपछि युवती फरार भएपछि ती युवक प्रहरीमा पुगेका हुन्। पक्राउ परेकी युवतीलाई आपराधिक लाभ मुद्दामा कारबाही गर्न काठमाडौं परिसर पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024