बाराको सिमरामा रहेको जगदम्बा स्टिल कारखाना परिसर भित्र बुधबार एक ट्रकले सोही कारखानामा कार्यरत एक मजदुरलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका सिमरा बस्ने सर-सफाईकर्मी उज्ज्वल कार्की रहेको बारा प्रहरीले जनाएको छ।
कार्की उनका एक साथीसँगै ट्रक भन्दा केही पर आराम गरिरहेका थिए। अचानक प्रदेश ०२-०३-००१ ख ५९६ नम्बरको लहरी ट्रकले उनलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।
चालक दिपेश महतो र ट्रकलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको सिमराका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए।