टर्कीको भूकम्पग्रस्त क्षेत्रमा रहेका १५ जना नेपाली सुरक्षित छन्: एनआरएनए टर्की

8 Feb, 2023

खगेन्द्र अधिकारी

टर्कीको भूकम्पग्रस्त क्षेत्रमा पछिल्लो जानकारी अनुसार १५ जना नेपाली रहेको र सबै सुरक्षित रहेको पाइएको छ। टर्कीको इस्तानबुलमा रहेका ताप्लेजुङको फुङलिङ नगरपालिका घर भएका गैर आवासीय नेपाली संघ टर्कीका महासचिव बिनोद पौडेलले अहिले सम्म भूकम्पग्रस्त क्षेत्रमा १५ जना नेपाली रहेको र सबै सुरक्षित रहेको जानकारी प्राप्त भएको बताए।

‘हामी नेपालीहरूको तथ्याङ्क र अवस्था लिइरहेका छौँ’ईस्तानबुलमा रहेका उनले सञ्चार सम्पर्कमा भने। उनका अनुसार भूकम्पबाट सबैभन्दा बढी प्रभावित गाञ्जेन्तेपमा ६ जना नेपाली रहेका छन्। त्यसमध्ये ३ जना विद्यार्थी छन्।

यस्तै हातायेमा २ जना र कायेसरीमा ७ जना नेपाली रहेका छन्। उनीहरु सबै जना सुरक्षित रहेको र गैर आवासीय नेपाली संघको सम्पर्कमा रहेको पौडेलले जानकारी दिए। यद्यपि अरु कोही नेपाली नागरिक भूकम्प प्रभावित क्षेत्रमा छन् की भनेर खोजी भइरहेको पौडेलले बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024