झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

15 Aug, 2024

जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्त बढेको छ।

आर्थिक वर्ष २०८०/८१ मा २५ हजार ४५५ जनाले राहदानी तथा १८ हजार ८२२ जनाले नागरिकता लिएका छन्।

गत आवमा राहदानीबापत १४ करोड ७३ लाख ६७ हजार सात सय राज्यकोषमा दाखिला भएको छ।

राहदानी लगायत अन्य सेवाबाट जिल्ला प्रशासन कार्यालयले १५ करोड ३० लाख ३९ हजार ४४४ सङ्कलन गरेको छ।

यसैबीच उक्त कार्यालयले चालु तथा पुँजीगत खर्च तीन करोड ८६ लाख १६ हजार चार सय ५७ भएको जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024