झण्डै एक महिनादेखि कतार प्रहरीको नियन्त्रणमा आर के शर्मा, परिवारसँग कुरा गर्न १५ मिनेट

12 Nov, 2018

झण्डै एक महिनादेखि नियन्त्रणमा रहेका एनआरएन मध्यपुर्व संयोजक राजेन्द्र कुमार (आर के) शर्मालाई कतार प्रहरीले परिवारसँग कुरा गर्न दिएको छ। गत बिहीबार उनका परिवारलाई कुरा गर्नका लागि १५ मिनेट समय दिइएको थियो। अक्टोबर १८ तारिखका दिन कतार प्रहरीले शर्मालाई नियन्त्रणमा लिएको थियो। उनलाई नियन्त्रणमा लिइएको कारण कतार प्रहरीले अहिलेसम्म खुलाएको छैन् । परिवारजनसँगको कुराकानीमा शर्माले नेपाली समुदायको नेतृत्वकर्ता भएरपनि कतारका सुरक्षामा आँच पुग्ने काम हुनबाट किन नरोकेको भन्दै कतारी प्रहरीले सोधपुछ गरेको बताएका छन् । अक्टोबर ५ मा कतारमा सांस्कृतिक कार्यक्रम भएको थियो। लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कतार शाखाले गरेको कार्यक्रममा रोजगारदाता कम्पनीहरुले नेपाली कामदारलाई दिइएको पीडाको विषय समेटिएको थियो।

उक्त कार्यक्रमका आयोजक प्रतिष्ठानका उपाध्यक्ष शक्ति क्षेत्री र कलाकारहरु राम बाबु बोहरा, रित कुमार श्रेष्ठ र कृष्ण ढकाललाई पनि त्यहाँको सुरक्षा निकायले त्यस कार्यक्रम पछि नियन्त्रणमा लिएको थियो। यसैबीच एनआरएनले पनि शर्मा रिहाइको माग गरेको छ। शर्मालाई कतारको सुरक्षा निकायले गिरफ्तार गरेर पारिवारिक लगायत कसैको पनि पहुँच र प्रत्यक्ष सम्पर्क भन्दा बाहिर राखेको विषयले हाम्रो गम्भीर ध्यानाकर्षण गराएको छ एनआरएनद्वारा जारी बिज्ञप्तिमा भनिएको छ। उनको गिरफ्तारी पछि संघले कतार स्थित नेपाली दुतावास, परराष्ट्र मन्त्रालय लगायत सम्बन्धित निकायहरुमा उहाँको अवस्था एकिन गर्न र रिहाइका लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै आएको छ । शर्माको गिरफ्तारीको विषयमा निराधार र कपोलकल्पित रुपमा केही संचार माध्यम र सामाजिक संजालमा समाचार तथा टिका टिप्पणी भैरहेका प्रति पनि गैरआवासीय नेपाली संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024