जापान पठाइदिन्छु भन्दै साढे ३५ लाख ठगी गर्ने पक्राउ

14 Feb, 2024

वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भनी ठगी गर्ने मकवानपुर निबुवाटार–४ घर भई ललितपुर महानगरपालिका–२, सानेपा बस्ने ३७ वर्षीया पुरुषोत्तम अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।उनले रीता मल्लसहित ६ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै प्रतिव्यक्ति आठ लाख लाग्ने र जापानमा मासिक दुई लाख ५० हजार तलब हुने आश्वासन दिँदै ठगी गरेका थिए ।

पीडितहरूबाट पटक–पटक गरी ३५ लाख ५० हजार रुपैयाँ लिई उनी सम्पर्कविहीन भएका थिए । सोही आधारमा पीडितहरूले उनलाई खोजी गर्न वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।

विभागको आग्रहमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले खोजबिन गर्दा उनलाई आइतबार काठमाडौं महानगरपालिका–३१, बिजुली बजारबाट पक्राउ गरिएको हो । कार्यालयका अनुसार थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024