छ महिनामा ७ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रियो

3 Feb, 2025

काठमाडौँ — चलु आर्थिक वर्षको पहिलो ६ महिनामा सात खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्षको पुस महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नेपाल भित्रिएको रेमिट्यान्स ४.१ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो ६ महिनामा रेमिट्यान्स २२.२ प्रतिशतले बढेको थियो ।

यस वर्षको पुससम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १.१ प्रतिशतले बढेर ५ अर्ब ५८ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

यसैगरी, गएको ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ३० हजार ४ सय ३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६ सय २८ रहेको छ । गत वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ६ हजार ३ सय ९० र पुनः श्रम स्वीकृति लिनेको यस्तो संख्या क्रमशः १ लाख ३३ हजार ९ सय ४० रहेको थियो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024