चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

24 Feb, 2025

काठमाडौं : चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा दमक नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-७ बस्ने २७ वर्षीय डाइमण्ड सम्बाहाम्फेलाई रहेका छन्।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

डाइमण्डले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ३८ हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-७ बाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024