चार महिनामा ४ खर्ब ७७ अर्ब रेमिटेन्स भित्रियो

15 Dec, 2023

मुलुकभित्र रोजगारीका अवसर सृजना नहुँदा वैदेशिक रोजगारीसहित अवसरका  लागि बढेसँगै विदेशबाट रेमिटेन्स आप्रवाहमा वृद्धि भएको छ। मुलुकभित्र रोजगारीका अवसर सृजना नहुँदा वैदेशिक रोजगारीसहित अवसरका  लागि बढेसँगै विदेशबाट रेमिटेन्स आप्रवाहमा वृद्धि भएको छ। 

चालु आर्थिक वर्ष २०८०/८१को  पहिलो चार महिनामा विदेशबाट ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिटेन्स आएको छ।

नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार पोहोरको तुलनामा यो वर्षको कात्तिकसम्म विप्रेषण आप्रवाह २६.४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड डलर पुगेको छ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो। यो वर्षको चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ३७ हजार ४ सय ७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८ सय ४१ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९६ हजार ७ सय ३५ र ८७ हजार ४ सय २८ रहेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर २४.९ प्रतिशतले वृद्धि भई ५ सय २१ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २०.२ प्रतिशतले बढेको थियो।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024