ग्रीस पठाइदिन्छु भन्दै ठग्ने पक्राउ

22 Mar, 2024

धनुषा — प्रहरीले ग्रीस पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ग्रीस पठाइदिन्छु भन्दै ६९ लाख ३० हजार रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरी गौशाला नगरपालिका–१२ घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने २३ वर्षीय निशेषकुमार मुक्तान र गोरखा धार्चे गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने २० वर्षीया विनिता गुरुङलाई मग्लबार प्रहरीले पक्राउ गरेहको हो ।

उनीहरूले १२ जनालाई वैदेशिक रोजगारीका लागि ग्रीस पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक १ लाख रूपैयाा तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक-पटक गरी ६९ लाख ३० हजार रकम ठगी गरेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले निशेषलाई काठमाडौं बौद्धबाट र बिनितालाई काठमाडौं वसुन्धाराबाट पक्राउ गरेको हो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024