कोरोना संक्रमित भएका ९१ प्रतिशत गैरआवासीय नेपाली संक्रमणमुक्त भएका छन् ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार पाँच सय ७८ नेपाली संक्रमित भएकोमा हालसम्म ४२ हजार आठ सय तीनजना संक्रमणमुक्त भएका हुन् ।
कोरोना संक्रमण सुरु भएयता १९ देशमा रहेका दुई सय ९३ जना नेपालीको कोरोना संक्रमणबाट निधन भएको छ ।
समितिका अनुसार कोरोनाका सबैभन्दा बढी साउदी अबरमा ८४, युकेमा ६९ र भारतमा ४० जना नेपालीको निधन भएको छ ।
भारतमा निधन भएका ४० जनामध्ये १० जना महिला भएको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ साइन्समा कार्यरत डा. सागर पौडेलले जानकारी दिए ।
समितिले दिएको जानकारीअनुसार यो साता स्पेन, युके, युएई, कतार, साउदी अरब, जापान र नर्वेमा रहेका नेपालीमा संक्रमण देखिएको छ ।