खाडी र मलेसिया पठाइदिने भन्दै प्रतिव्यक्ति दुई लाखसम्म ठगी गरेर म्यानपावर फरार

3 Jan, 2023

युवाहरूलाई खाडी तथा मलेसिया लगायत मुलुकहरूमा पठाइदिने भनेर प्रतिव्यक्ति २० हजारदेखि दुई लाख रुपैयाँसम्म असुल गरेर एक म्यानपावर कम्पनी फरार भएको छ।

बनस्थलीमा रहेको ग्लोबल प्राइभेट लिमिटेड कम्पनीले उनीहरूलाई कुवेत, कतार, साउदी, मलेसिया लगायत मुलुकमा पठाइदिने भनेर ठगी गरी फरार भएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेको छ।

सोमबार उक्त म्यानपावरले ठगी गरेको भन्दै २३ जना युवाहरू उजुरीका लागि विभाग पुगेका थिए।गोरखाका विष्णु नेपालीले कुवेतमा हाउसकिपिङ कामका लागि भनेर ७० हजार बुझाएको बताए।

‘मलाई आउने बुधबार उडाउँछु भनेको थियो। तर अहिले त्यहाँ म्यानपावर पनि छैन। एजेन्टको फोन पनि अफ छ,’ उनले सेतोपाटीसँग भने।

चितवनका लक्ष्मण परियाले उक्त म्यानपावरले आफू र साथीहरूलाई विभिन्न मुलुकमा रोजगारीको प्रलोभन देखाएर प्रतिव्यक्ति २० हजारदेखि दुई लाखसम्म ठगी गरेको बताए।

‘मलाई कुवेतमा ड्राइभिङका लागि पठाउने भनेको थियो। ८० हजार बुझाइसकेको थिएँ,’ उनले भने।उक्त म्यानपावरले दर्ता नम्बर पनि उल्लेख गरेको छ। तर विभागमा दर्ता भएका म्यानपावरहरूको सूचीमा यो कम्पनी छैन।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024