२९ फागुन, काठमाडौं। क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काग्रे रोशी गाउँपालिका-८ घर भई हाल ललितपुरको गोदावरी बस्दै आएका ४६ वर्षीय मेघ लाल तामाङ रहेका छन् । काठमाडौं उपत्यका अपराधन अनुसन्धान कार्यालयको टोलीले उनलाई मीनभवनबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ । उनीमाथि दोमी शेर्पासहित ३ जनालाई वैदेशिक रोजगारका लागि वर्किङ भिसामा क्रोएसिया पठाइदिने भन्दै प्रतिव्यक्ति ७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।