क्यानडा पढ्न जाने विद्यार्थीलाई दूतावासले दियो ७ बुँदे सुझाव

20 Aug, 2024

क्यानडास्थित नेपाली दूतावासले अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरूलाई आवश्यक सुझाव दिएको छ। निकट भविष्यमै नयाँ शैक्षिक शत्रको शुरुवात हुन लागेको सन्दर्भमा दूतावासले एक सूचना जारी गर्दै नेपाली विद्यार्थीहरूको क्यानडा बसाइ र अध्ययन सहज एवं समस्या रहित बनाउनका लागि भन्दै ७ बुँदे सुझाव दिदैँ सचेत गराएको हो।

अहिले विश्वभरबाट क्यानडा आउने विद्यार्थीको संख्या बढिरहेकोले डेरा र रोजगारी पाउने अवसर कठिन हुँदै गएकोबारे दूतावासले स्मरण गराएको छ। त्यसैले क्यानडा जानुअघि बस्ने ठाउँको यकिन गर्न सुझाव दिएको छ। यसअघि पनि दूतावासले वैशाखमा विज्ञप्ति जारी गर्दै क्यानडामा विद्यार्थीले आउनेवित्तिकै रोजगारी पाइन्छ भन्ने भ्रममा नपर्न भनेको थियो।

यस्तै, दूतावासले जारी गरेका सूचना ( वेबसाइट, फेसबुक पेजमा उपलब्ध छन् ) लाई ध्यान दिने, अध्ययन गर्ने कलेज रहेको सहर, खर्च र विषयका बारेमा पूर्ण जानकारी लिन सुझाव दिइएको छ। केही कलेजहरूले अतरंजित प्रचारप्रसार गर्ने भएकोले त्यसमा भरपर्दा समस्यामा पर्ने भएकोले पर्याप्त जानकारी लिन दूतावासले सुझाएको हो।

नयाँ विद्यार्थीलाई स्थानीय हावापानी, जीवनशैली, भान्साको कामको तौरतरिका सबै जानकारी लिएर आउन भन्दै दूतावासले अभिभावकलाई पनि अध्ययन, आवास र खानेबस्ने खर्चको उचित प्रबन्ध मिलाएर मात्रै पठाउन सुझाव दिएको छ।

यस्तै, क्यानडा जानुअघि नै त्यहाँ रहेका आफन्त, साथीभाइहरु, पूर्वविद्यार्थीका सामाजिक सञ्जालका ग्रुप, सम्बन्धित सहरका एनआरएनएलगायत प्रवासी नेपालीका संघसंस्थाका साथ रोजगारीका सम्भावनाका बारेमा पनि जानकारी लिनु दूतावसाले सुझाव दिएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024