क्यानडा पठाइदिन्छु भन्दै २० लाख ठगेको आरोपमा पक्राउ

17 Feb, 2023

४ फागुन, काठमाडौं । क्यानडा पठाइदिन्छु भन्दै १९ लाख ९० हजार रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दीका लक्ष्मण थापा रहेका प्रहरीले जनाएको छ ।

उनले झापा कमल गाउँपालिका ७ ठुलो बाराघारी बस्ने वर्ष ४० का सोमनाथ उप्रेतीलाई २३ लाख रुपैयाँमा क्यानडा पठाउने भन्दै पटक पटक गरेर १९ लाख ९० हजार रुपैयाँ लिएका प्रहरीको दाबी छ ।

थापालाई पक्राउ गरी वैदेशिक रोजगार विभागमा पठाएको प्रहरीले जनाएको छ ।

तर थापाका परिवारले भने साझेदारीमा चलचित्र निर्माण गर्न उप्रेतीसँग पैसा लिएको स्वीकार गर्दै अहिले वैदेशिक रोजागारीको ठगी मुद्दामा फसाउनका लागि झुटो आरोप लगाएको बताएका छन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024