कोरिया जाने श्रमिकलाई टिकटमा ७३ हजार रुपैयाँ बचत

17 Jan, 2025

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया जाने नेपाली श्रमिकको टिकटमै ७३ हजार रुपैयाँ बचत भएको छ । वैदेशिक रोजगार विभागका अनुसार कोरिया जाने श्रमिकको नयाँ भाडादर ४८ हजार ८ सय ६५ रुपैयाँ निर्धारण भएको हो । यसअघि एक लाख २२ हजार रुपैयाँ तोकिएको थियो ।

नेपाल र दक्षिण कोरियाबीच श्रम सम्झौताअनुसार कोरिया जाने श्रमिकले टिकटको लागत खर्च आफैले बेहोर्नुपर्छ । विभागले नयाँ प्रक्रियामार्फत श्रमिकको लागत खर्च घटाउन ट्रान्जिट व्यवस्था गरिएको जनाएको हो । विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले प्रतिस्पर्धात्मक प्रणालीमा जाँदा श्रमिकको लागत खर्चलाई ध्यान दिइएको बताए । ‘श्रमिकको लागत खर्च कटौती गर्ने सरकारको नीति छ । यस अनुसार ट्रान्जिटमार्फत यात्रा गर्दा ७३ हजार रुपैयाँ बचत हुने देखियो,’ उनले भने,‘ट्रान्जिटमार्फत जाँदा रोजगारदातालाई कुनै असहजता छैन । यसले श्रमिकलाई राहत पुग्छ ।’

विभागले ट्रान्जिटमार्फत यात्रा गर्दा टिकट नपाउने समस्या पनि नभएको जनाएको छ । यसअघि सिधै उडान मात्रै गर्ने अवस्था हुँदा टिकट नपाउँदा समयमा नै श्रमिकहरु उड्न पाएका थिएनन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरिया जाने श्रमिकमाथि परेको भारलाई हटाउन सम्बोधन गरिएको बताए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024