केआईआईटीको होस्टेलमा अझै गएनन् नेपाली विद्यार्थी

20 Feb, 2025

भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू अझै फर्किएका छैनन्। नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि विश्वविद्यालयको अवस्था तनावग्रस्त बनेको थियो।

अहिले अवस्था सामान्य बन्दै गए पनि नेपाली विद्यार्थीहरू सबै नफर्किएको त्यहाँ अध्ययनरत एक नेपाली विद्यार्थीले बताए। उनले भने, ‘अहिले विश्वविद्यालयको होस्टेलमा ३०, ३५ जना नेपाली विद्यार्थी मात्र आइपुगेका छौँ। अन्य विद्यार्थीहरू अझै आउनुभएको छैन।’

कलेजको अवस्था भने सामान्य नै रहेको ती विद्यार्थीले बताए। ‘कलेजको अवस्था सामान्य छ। हामीलाई त्यस्तो केही अफट्यारो भएको छैन,’ उनले भने।

बुधबार मात्रै ओडिसाबाट निकालिएका ९५ विद्यार्थी पर्साको वीरगन्ज नाकाबाट घर फर्किएका छन् । फर्किएकामध्ये ७६ छात्र र १९ छात्रा रहेका छन्।

फर्किनेमध्ये अधिकांश विद्यार्थीले आफूहरूलाई न्याय चाहिएको र सुरक्षा चाहिएको बताएका छन्।

नेपाली विद्यार्थी प्रकृति लम्साल १६ फ्रेब्रअरीमा होस्टेलभित्र मृत भेटिएकी थिइन्। केटा साथीबाट भएको दुव्यर्वहारपछि प्रकृतिले आत्महत्या गरेका उनका साथीहरूको भनाइ छ।

उनको न्यायको माग गर्दै विद्यार्थीहरूले विरोध प्रदर्शन गरेपछि नेपाली विद्यार्थीहरूलाई नेपाल फर्किन निर्देशन दिइएको थियो । त्यसपछि चौतर्फी विरोध सुरु भएपछि विश्वविद्यालयले विद्यार्थीहरूलाई फर्कन आग्रह गरेको थियो।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024