कुवेतबाट एक वर्षमा २ सय ४९ जना महिलाको उद्धार

18 Jan, 2018

कुवेतस्थित नेपाली दूतावासले सन् २०१७ मा २ सय ४९ जना महिलालाई नेपाल फर्काएको छ । कुवेतमा विभिन्न समस्यामा परेका नेपाली घरेलु महिला कामदारलाई उद्दार गरेर नेपाल पठाएको दूतावासले जनाएको छ । 

 

सरकारले कुवेतमा घरेलु काममा पठाउन प्रतिबन्ध लगाएपनि अवैधानिक बाटो हुँदै रोजगारीका लागि विभिन्न देशमा महिलाहरु जाने क्रम नरोकिँदा समस्यामा पर्नेहरु धेरै छन् । 

 

दूतावासले समस्यामा परेका र गैरकानूनी अवस्थामा रहेका १ हजार ८ सय ४० जना नेपालीलाई यात्रा अनुमतिपत्र बनाएको छ । दूतावासका अनुसार कुवेतमा ७० जना नेपाली जेल सजाय भोगिरहेका छन् ।

 

दूतावासले जेल सजाय भोगिरहेका नेपालीलाई सजाय माफीका लागि लिखित रुपमा अनुरोध गरेको छ । तीमध्ये १८ जनाले माफी पाएका छन् । माफी पाएका मध्ये ६ जना नेपाल फर्किएका छन् । 

 

यस्तै सन् २०१७ मा कुवेतमा मृत्यु हुनेमा पनि महिलाको संख्या धेरै छ । १५ जना पुरुष र १६ जना महिलाको मृत्यु भएको दूतावासले उल्लेख गरेको छ । 

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024