कुवेतको अल् अन्सारी एक्सचेन्जबाट इ–सेवा मनी ट्रान्सफरको सेवा सुरू

17 Feb, 2023

संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिटेन्स भित्र्याउँदै आएको इ-सेवा मनी ट्रान्सफर र कुवेतको अल् अन्सारी एक्सचेन्जबीच रेमिटेन्स भुक्तानी सम्झौता भएको छ।

यो सम्झौतासँगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरूले कुवेतका महाबुला, फर्वानिया, फहाहिल, सल्मिया लगायत शहरमा रहेका ९ वटा शाखाहरूबाट इ-सेवा मनी ट्रान्सफरको डिजिटल माध्यमबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाका खातामा तथा पाउने व्यक्तिको इ-सेवा वालेटमा तुरुन्तै पैसा पठाउन सक्ने कम्पनीले बताएको छ।

साथै, नेपालभरी रहेका इ–सेवा मनी ट्रान्सफरका एक लाख १२ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत पनि कुवेतबाट पठाएको नगद रेमिटेन्स नेपालमा प्राप्त गर्न सकिनेछ।

हाल इ–सेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान जारी रहेको हुनाले अल् अन्सारी एक्सचेन्जको माध्यम हुँदै कुवेतबाट सोझै बैंक खाता वा इ–सेवा वालेटमा पैसा पठाउँदा ६ महिनाको अवधिसम्म १ जना सेवाग्राहीले आकर्षक उपहार तथा योजनाको अन्त्यमा एक जनाले काठमाडौंमा घर समेत जित्न सकिने कम्पनीको भनाइ छ।

साथै, अल् अन्सारी एक्सचेन्ज कुवेतमार्फत आएको नगद रेमिट्यान्स आफ्नो इ–सेवा वालेटमा प्राप्त गर्दा सेवाग्राहीले थप ७७ रुपैयाँको आकर्षक बोनस समेत पाउनेछन् र मेरो डिजिटल देश अभियानमा सहभागी भई उपहारहरू जित्न सक्नेछन्।

सम्झौतामा इ–सेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) अजेश कोइराला र अल् अन्सारी एक्सचेन्ज कुवेतका तर्फबाट जेनेरल म्यानेजर मोहम्मद अब्दुल रहमानले हस्ताक्षर गरेका हुन्।

सिइओ कोइरालाले भने, ‘अल् अन्सारी एक्सचेञ्ज जस्तो प्रतिष्ठित रेमिट्यान्स कम्पनीसँग रेमिट्यान्स सम्झौता गर्न पाउँदा हामी एकदमै उत्साहित छौँ।’

कुवेत वैदेशिक रोजगारीका लागि नेपालीहरूले रुचाएको ठाउँ भएको र यहाँ पहिलादेखि नै धेरै नेपालीहरूको बसोवास रहिआएको हुनाले यस सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सहजता हुने कुरामा विश्वास रहेको उनले बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024