किन रोकियो कोरियाको एनओसी ?

13 May, 2025

२८ वैशाख, काठमाडौं । सरकारले दक्षिण कोरियाको लागि अध्ययन अनुमति पत्र (एनओसी) रोकेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को सूचना जारी नभएसम्मको लागि कोरियाको एनओसी रोकिएको जनाएको छ ।

‘कोरियामा विद्यार्थीले दुःख पाएको भनेर दूतावासबाट परराष्ट्रमा कुरा आएको रहेछ । के भएको हो भनेर बुझ्नका लागि एनओसी रोकिएको हो,’ मन्त्रालयका सूचना अधिकारी निलकण्ठ ढकालले अनलाइनखबसँग भने ।

अनुसन्धानको काम भइरहेकाले केही समयपछि कोरियाको एनओसीबारे निर्णय आउने उनले बताए ।

‘कोरियामा भाषा पढ्न जाने रहेछन् । भाषा मात्र त नेपालकै विश्वभाषा क्याम्पसमा पनि पढाइ हुन्छ । थप अवस्था बुझेर खोल्ने नखोल्ने निर्णय हुन्छ,’ उनले भने ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024