कामदारको स्वास्थ्य परीक्षण ‘नक्कली’

10 Jul, 2012

होम कार्की

वैदेशिक रोजगार विभागले कामदारको स्वास्थ्य परीक्षण समेत नक्कली पेस गर्ने गरेका रिपोर्ट फेला पारेको छ । 

वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणमा ‘उत्तीर्ण’ भएपछि मात्रै विभागले श्रमस्वीकृति दिने गर्छ । विभागले २ सय ३ वटा त्यस्ता नक्कली रिपोर्ट जफत गरेको जनाएको छ ।

 

‘एउटै फाइलमा पेस भएको स्वास्थ्य परीक्षणका रिपोर्टहरूमा नाम, राहदानी नम्बरमात्रै परिवर्तन गरेको पाइयो,’ विभागका निर्देशक सूर्य भण्डारीले भने, ‘अरू नतिजा उस्तै छन् ।’

 

स्वास्थ्य परीक्षण गर्ने कतिपय संस्थाको लापरबाहीले स्वदेशमा पास भएर गन्तव्य मुलुकमा पुगेपछि ‘फेल’ भई र्फकनु परेका घटना पाइन्छन् । ‘त्यस्ता गलत रिपोर्टबारे अनुसन्धान थालिसकेको छ,’ विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले भने, ‘नियमबमोजिम कारबाही हुन्छ ।’

 

वैदेशिक रोजगार संघका अध्यक्ष बलबहादुर तामाङले ‘ल्याब खर्च जोगाउन धेरै व्यक्तिको परीक्षण एकैपटक गर्ने हुँदा’ त्रुटि नतिजा बुझाउने गरेको बताए । ‘मेडिकल सेन्टरहरूले १२-१५ जनाको स्वास्थ्य परीक्षण एकैपटक गर्ने गरेका छन्,’ तामाङले भने, ‘उनीहरू नाफाका लागि गलत काम गर्छन् । अनि व्यवसायीलाई दोष दिन्छन् ।’

 

नेपाल स्वास्थ्य व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष कैलाश खड्काले गलत स्वास्थ्य परीक्षण गरेको पाइए महासंघले कारबाही गर्ने बताए । ‘हामीले कामदारको स्वास्थ्य परीक्षणको गुणस्तरमा निकै ध्यान दिने गरेका छौं,’ उनले भने ।  

 

स्वास्थ्य संस्थाहरूले बढाए परीक्षण शुल्क वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले शुल्क बढाएका छन् । उनीहरूको छाता संगठन नेपाल स्वास्थ्य व्यवसायी महासंघले एक हजार रुपैयाँ शुल्क बढाएर तीन हजार पुर्या।एको हो । यो साउनदेखि लागू हुनेछ ।

 

यसअघि स्वास्थ्य मन्त्रालयको सचिवस्तर निर्णयबाट शुल्क तोकिएको थियो । व्यवसायीले उपकरणहरूको खर्च बढेकाले शुल्क बढाउनुपरेको जनाएका छन् । स्रोतका अनुसार कामदारको शुल्क दुई हजार रुपैयाँ हुँदा पनि एजेन्टलाई एक हजार रुपैयाँ कमिसन दिने गरिएको छ । ‘अब कमिसन दिँदैनौं,’ महासंघका वरिष्ठ उपाध्यक्ष खड्काले भने, ‘अहिलेको शुल्कले हाम्रो ल्याब खर्चै उठ्दैन ।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024