कानुन उल्लंघन गर्ने चार नेपालीलाई स्पेनले गर्‍यो निष्कासन

20 Feb, 2025

काठमाडौं : कानुन उल्लंघन गरेको आरोपमा स्पेनले चार जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले स्पेनमा बस्दै आएका उनीहरूलाई यसै साता निष्कासन गरी नेपाल पठाइएको हो।

स्रोतका अनुसार एक जनालाई टर्कीस एयरलायन्सको विमानबाट र बाँची तीन जनालाई कतार एयरलायन्सको विमानबाट काठमाडौं पठाइएको हो। निष्कासनमा पर्नेमा राना, खनाल, भण्डारी र केसी थरी रहेका छन्। राना ‘ओभरस्टे’ गरेको आरोपमा निष्कासनमा परे पनि बाँकी तीन जनालाई कुन कानुनअन्तर्गत निष्कासन गरिएको भन्ने विषय खुलाइएको छैन।

दलाल र आकर्षक कमाइको प्रलोभनमा परेर नेपालीहरू युरोप पुग्ने गरेका छन्। तर, त्यहाँको कानुनबारे जानकार नहुँदा नेपालीहरू निष्कासनमा पर्ने गरेका छन्। गत माघमा स्पेनले ८ जना नेपालीलाई निष्कासन गरेको थियो। पासपोर्ट फ्याँकेर लुकीछिपी बस्दै आएका नेपालीहरू निष्कासनमा परेका थिए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024