कम्बोडिया पठाइदिन्छु भन्दै १२ लाख ठगेको आरोपमा पक्राउ

17 Feb, 2023

४ फागुन, काठमाडौं । कम्बोडिया पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख भगवतीमाईका तोपेन्द्र सिंह रहेका प्रहरीले जनाएको छ ।

उनीसहितका व्यक्तिले ६ लाख रुपैयाँमा खर्चमा वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट १२ लाख रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ ।

गोंगबुबाट पक्राउ परेका सिंहलाई गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ (१) र (२)बमोजिमको कसूरमा कानुनी कारबाही गरी सोही संहिताको दफा २५४ बमोजिम थप

अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकुमा राखिएको प्रहरीले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024