कतारको कारागारमा रहेका आठ नेपालीले पाए आममाफी

18 May, 2020

गाेरखापत्र अनलाइन

काठमाडौँ, जेठ ५ गते । कतारको कारागारमा रहेका ८ नेपालीले आममाफी पाएका छन् । विभिन्न अभियोगमा सजाय भोगिरहेका नेपालीलाई रमादानको अवसर पारेर आममाफी दिइएको हो ।  कतारका राजा शेख तमिम बिन हमाद अल थानीले बन्दी जीवन बिताइरहेका आठ नेपालीलाई रमादानको अवसर पारेर आममाफी दिनुभएको कतारस्थित नेपाली राजदूतावासले जनाएको छ ।

कतारका कारागारमा चार जना कुटपिट, दुई जना चोरी र दुई जना सवारीजन्य कसुरमा सजाय भोगिरहेका थिए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024