ओडिसाबाट वीरगन्ज नाका हुँदै ९५ विद्यार्थी नेपाल फर्किए

20 Feb, 2025

मिथिलेश यादव

भारतको ओडिसास्थिट किट कलेजबाट निकालिएका ९५ विद्यार्थी पर्साको वीरगन्ज नाकाबाट घर फर्किएका छन् ।

किट कलेजबाट निकालिएका विद्यार्थीहरू वीरगञ्ज नाका हुँदै घर फर्किएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ७६ छात्र र १९ छात्रा यो नाका हुँदै घर फर्किएका छन् ।

उनले फर्किएका मध्ये करिब ८० प्रतिशत विद्यार्थी पर्साकै रहेको बताए । केही विद्यार्थी मात्र बाहिर जिल्लाको रहेको र उनीहरू आफ्नै हिसाबले घरतर्फ लागेको उनको भनाई छ ।

निमित्त प्रजिअ गौतमले विद्यार्थीको भनाइ उद्धृत गर्दै भने, ‘फर्किनेमध्ये अधिकांश विद्यार्थीले सुरक्षाकर्मीसँग वि वान्ट जस्टिस (हामीलाई न्याय चाहियो) भनेका छन् । कतिपयले परीक्षाको मिति सारिदिए हुन्थ्यो भनेका छन्।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024