एनआरएन साउदीद्वारा ५ सय नेपालीलाई खाद्यान्न सहयोग

23 Nov, 2020

विष्णु घिमिरे

साउदी अरेबिया : साउदी अरेबियामा कोभिड  १९  र अन्य कारणले अलपत्र परेका ५ सय ३ जना  नेपालीलाई  एनआरएन साउदीले खाद्यान्न सहयोग गरेको छ भने १२ जना नेपालीलाई हवाई टिकटको व्यवस्था समेत गरेको छ।

एनआरएन साउदीका अनुसार कोभिड १९ लाई मध्यनजर गर्दै साउदीमा कार्यरत नेपालीलाई आवश्यक पर्ने  सहयोगको लागि उचित कदम चाल्नुको साथै  हवाई टिकट, सेल्टर व्यवस्थापन, स्वदेश फिर्ता (होम व्यवस्थापन) लगायत विभिन्न कार्यमा गरी हालसम्म ४७ हजार ६ सय ५३ साउदी रियाल सहयोग गरेको जनाएको छ। तत्कालका लागि ‘कोरोना उद्धार महाअभियान’  समेत सुरू गरेको छ।

जसमा रोजगारी गुमाएर खाना बस्न सेमत नपाएका नेपालीको लागि तत्काल आवास (सेल्टरको) व्यवस्था गर्ने, आवश्यकता अनुसार खानाको व्यवस्थापन गरिने, अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ताको लागि हवाई टिकट स्वरूप प्रति पीडित व्यक्ति २ सय अमेरिकी डलरको व्यवस्था गरिने र स्वदेश फिर्ताको  लागि आवश्यक पर्ने कोरोना टेस्टिङ (पीसीआर)  रिपोटको लागि ८० अमेरिकी डलरको व्यवस्था  गरिनुको साथै उपचारको लागि सहयोग गर्ने  काडमाडौं विमानस्थलबाट घरसम्म जानको लागि यातायातको व्यवस्था  समेत  गरिने भएको छ।

कोरोना महामारी सँगै एनआरएन साउदीले अलपत्र परेका नेपालीको सहयोगको लागि दुतावास परिवार, सामाजिक संघसंस्था लगायत भातृसंगठनसँग समन्वय गरि सहकार्य गर्दै आएको छ। संस्थामा हालसम्म ६ वटा क्षेत्रीय समन्वय समिति र ५ वटा स्थानीय समन्वय समिति गरी १ हजार २  सय ५०  पञ्जिकृत सदस्य रहेका छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024