एक हजार श्रमिकलाई रोजगारी दिन पर्यटन बोर्ड र टानबीच सम्झौता

5 Sep, 2021

नेपाल पर्यटन बोर्डले जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना कार्यान्वयनका लागि ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) सँग सम्झौता गरेको छ।

संयुक्त राष्ट्रङ्घीय विकास कार्यक्रम (युएनडिपीं)  सँगको सहकार्यमा सञ्चालन गरिने परियोजना कार्यान्वयन का लागि सम्झौता भएको हो।

सम्झौताअनुसार करिब एक हजारबढी पर्यटन श्रमिकहरूले अल्पकालीन रोजगारी प्राप्त गर्नेछन्।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभिडको कारण पर्यटन क्षेत्रका श्रमिकहरु बेरोजगार भएको अवस्थामा यो कार्यक्रमले राहत पुग्ने बताए।

उनले बाह्य पर्यटनको सम्भावनालाई कायम राख्दै आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताए।

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा. धनन्जय रेग्मीले युएनडिपीको सहयोगमा सञ्चालित उक्त परियोजनाले कोभिडबाट सिर्जित बेरोजगारीको समस्यालाई केही हदसम्म हल गर्न सहयोग पुग्ने बताए।

 

बोर्डले उक्त कार्यक्रममार्फत करिब ७० हजार म्याण्डेज (प्रतिदिनको काम ) देखि एक लाख म्याण्डेजको काम दिने लक्ष्य लिएको जानकारी दिएको छ।

श्रमिकलाई राहत पुग्ने यस किसिमका अन्य कार्यक्रमहरु पनि ल्याउने बोर्डको भनाई छ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले संकटमा पर्यटन क्षेत्रका श्रमिकहरुलाई सहयोग गरे आगामी दिनमा काम गर्न सजिलो हुने धारणा राखे। सुवेदीले टानले बोर्डसँग सहकार्य गरेर पर्यटन विकास र प्रवद्र्धनको कामलाई अघि बढाउने बताए।

बोर्डले यस अघि होटल एशोसिएसन नेपाल (हान), नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) र नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेस्निस (नारा) सँग यस्तै सम्झौता गरिसकेको छ।

यसबाट विशेषगरी पर्यटन क्षेत्रका श्रमिक तथा मजदूरलाई राहत पुग्ने बोर्डको विश्वास छ।

दुई वर्ष छ महिना अवधिको परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा युएनडिपीका तर्फबाट १० लाख ५० हजार सह–लगानी गरी कूल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गर्नेछ। 

पर्यटन क्षेत्रका करिब पाँच हजार मजदुरलाई  अल्पकालीन रोजगारी सिर्जना गरी राहत पुर्याउने बोर्डको लक्ष्य छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024