एक महिनामा भित्रियो ९२ अर्ब २१ करोड रेमिट्यान्स

16 Sep, 2022

काठमाडौं : वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने विप्रेषण (रेमिट्यान्स) पनि बढ्न थालेको छ। गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालु आर्थिक वर्षमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले वृद्धि भएको छ। सो दरले विप्रेषण बढ्दा चालु आर्थिक् वर्षको पहिलो महिनामा ९२ अर्ब २१ करोड भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार विप्रेषणमा सुधार भएको उल्लेख गरेको हो।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो। गत साउनसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भएको छ।

हाल ४४ हजार ५ सय ४० पुगेको तथ्यांकमा उल्लेख छ। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या यस अवधिमा ७५.४ प्रतिशतले वृद्धि भई २० हजार ३ सय ९० पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024