उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने सरकारको प्राथमिकता छ: अर्थमन्त्री पुन

26 Jun, 2024

अर्थमन्त्री वर्षमान पुनले सरकारले आन्तरिक वा बाह्य ऋण लिएर उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने सरकारको प्राथमिकता रहेको बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयक माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले सो कुरा गरेका हुन। उनले सरकारले उठाउने आन्तरिक तथा बाह्य ऋण उठाएर घ्यु खाने भन्दा पनि उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गरिने बताए।

अर्थमन्त्री पुनले सरकारले ऋण काडेर घ्यु खाने भन्दा पनि ऋण काडेर पुँजीगत अर्थात विकास खर्च वृद्धि गर्ने खोजेको भन्न सान्दर्भिक ठानेको बताए।उनले सरकारले चालु आर्थिक वर्षको भन्दा २.५ प्रतिशत पुँजीगत खर्चमा वृद्धि गरेको जानकारी गराए। उनले पछिल्लो दशकमा मुलुकको ऋणको मात्रा बढ्दै गएको बताए।

उनले एक दशकअघि २५ प्रतिशत तल रहेको ऋण अहिले ४२ प्रतिशतको रेसियोमा पुगेको भन्दै आगामी वर्ष जिडिपीको तुलनामा २ प्रतिशत घटाएर ४० प्रतिशतमा ल्याउने लक्ष्य रहेको धारणा व्यक्त गरे ।उनले ३३० अर्बको आन्तरिक ऋण लिने लक्ष्य राखिएको बताए।

उनले गत वर्ष २२० अर्ब भन्दा ९० अर्बको फरक रहेको भन्दै विगतका ऋण अहिलेको सरकारले तिर्नुपर्ने दायित्व पनि वृद्धि भएको बताए।उनले आगामी वर्ष सरकारले १०६ अर्बको नयाँ ऋण दायित्व वा सावा तथा ऋण भुक्तानी बढेको पनि जानकारी गराए । उनले सरकार ऋण उठाउने विषयमा सकेसम्म सम्मिलित हुने र आन्तरिक ऋण तथा अन्य समग्र ऋणको दायित्व पनि कम गर्ने कोसिस गरिरहेको बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024