इसराइल केयरगिभरका लागि दुई हजार ११२ जना छनोट

1 Oct, 2024

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउने नेपाली सहायक कामदार (केयरगिभर) छनोट भएका छन्।

एक हजार १५६ महिला र ९५६ पुरूष गरी कुल दुई हजार ११२ उम्मेदवारहरू लक्की ड्र मार्फत छनोट भएको वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागले आवेदन दिएका उम्मेदवारहरू मध्ये आवश्यक कागजातहरू हेरेर योग्यता पुगेकाहरूलाई स्वीकृत गरी इसराइल पक्षको लक्की ड्रका लागि पठाएको थियो।

थप जानकारी विभागको वेबसाइट मार्फत गराइने उल्लेख गरिएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024