इसराइल केयरगिभरका लागि उडे १३ जना नेपाली 

19 Feb, 2025

केयरगिभरका लागि मंगलबार १३ जना नेपाली इसराइल उडेका छन्।

वैदेशिक रोजगार विभागले प्रकाशित गरेको दोस्रो पटकको सूचनापछि छनोट भएका मध्येबाट पहिलो चरणमा १३ जना इसराइल उडेका हुन्।

गएको असोजमा केयरगिभरका लागि एक हजार १५६ महिला र ९५६ पुरूष गरी कुल दुई हजार ११२ उम्मेदवारहरू लक्की ड्र मार्फत छनोट भएका थिए।

उनीहरूमध्ये ९ सय १९ जनाको स्वास्थ्य परीक्षण भइसकेको विभागको इसराइल शाखा अधिकृत धनन्जय कुमार शाहले जानकारी दिए।

शाहका अनुसार हालसम्म दुई सयभन्दा धेरै कन्ट्याक्ट आइसकेको छ। उनीहरूलाई पनि भिसा आएपछि क्रमशः पठाइनेछ।

हालसम्म केयरगिभरका लागि एक हजार तीन सय श्रमिकहरू इसराइल पुगिसकेको शाहले बताए।

‘इसराइल पुग्नु भएको कसैले पनि आफूलाई नराम्रो भएको सुनाउनु भएको छैन। नेपालीलाई इसराइली नागरिक सरह सेवासुविधा छ,’ उनले भने।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024