इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

26 Apr, 2024

वैदेशिक रोजगार कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ परेका छन्।

बाँके खजुरा गाउँपालिका-२ सितापुर बस्ने कमल विश्वकर्मा पक्राउ परेका हुन्।

एनसिबि अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्न बुधबार नेपाल ल्याइएको प्रहरीले जनाएको छ।

विश्वकर्माविरूद्ध वैदेशिक रोजगार कसुर मुद्दा चलिरहेको छ। अनुसन्धानको सिलसिलामा उनी यूएईमा छन् भन्नेकुरा खुल्न आएपछि रेड नोटिस जारी गरिएको प्रहरीले बताएको छ।

अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न बैदेशिक रोजगार विभागले नेशनल सेन्ट्रल व्यूरो (एनसिबि) लाई पत्रचार गरेको थियो।

एनसिबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट माघ २ गते उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो। सोही अनुसार उनलाई पक्राउ गरेर ल्याइएको प्रहरीले बताएको छ।

पक्राउ परेका विश्वकर्मालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुझाएको प्रहरीले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024