‘इजरायलमा मेनपावर मार्फत कामदार पठाउने विषयमा छानबिन थालेका छौँ’

20 Mar, 2024

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले दक्षिण कोरियाको सम्झौताको समाचार भ्रामक भएको र यसमा मन्त्रालयको संलग्नता नरहेको बताएका छन्।

उनले इजरायलमा मेनपावर मार्फत् कामदार पठाउने विषयमा छानबिन सुरु भएकाे बताए। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले इजरायलमा ‘जी टु जी’ र ‘लर्न एण्ड अर्न’ कार्यक्रमबाहेक कुनै तरिकाले कामदार पठाउने सम्झौता नभएको बताएका हुन्। सो विषयमा छानबिनपछि मात्रै केही जवाफ दिने सकिने उनले जनाए।

मन्त्री अर्यालले देशमा आन्तरिक रोजगारीको लागि छलफल अगाडि बढाइसकेको बताउँदै यसमा गम्भीर ध्यान गएको सुनाए। यसलाई घोषणा मात्रै सीमित नराखेर टाइमलाइन दिएर पहल गर्ने प्रयास गरेको मन्त्री अर्यालको भनाइ छ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता रहन्छ। यसलाई कसरी लिएर जाने भनेर विचार गरिरहेका छौँ। यसलाई उत्कृष्ट बनाउनलाई सबैसँग सल्लाह सुझावको अपेक्षा गरेका छौँ।’ उनले भने।

उनले सामाजिक सुरक्षामा करारको ४० हजार कर्मचारी आबद्ध गराउने विषयमा बहस चलिसकेको भन्दै त्यसलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024