इजरायलबाट थप १९ जना नेपालीको उद्धार हुँदै

17 Oct, 2023

काठमाडौं : इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो।

परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको चेल अविवबाट भारतको उद्धार विमानमार्फत् १९ नेपालीको उद्धार गरिएको जानकारी दिए। ‘१९ जना नेपाली नागरिक तेल अविवबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ।’

मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूताबासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिए। नयाँ दिल्लीस्थित दूताबासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर आउने छन्।

कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई सम्बन्धित स्थानमा पुर्‍याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ। उनीहरु मंगलबार बेलुकी ६–७ बजेसम्म नयाँ दिल्ली पुग्ने बताइएको छ।

उद्धार गरिएका नेपाली नागरिक

नन्दसिंह भुलसुजेन्द्र खड्काप्रतिभा रौनियारअनुमा डंगोलहिना खाँणआतिस गुरुङजुनु गुरुङमौसमी पाख्रिनप्रतिमा तिम्सिनाराजकुमार मानन्धरसंगीता दुलालउर्मिला रावलममता थापादिलकुमारी अधिकारी कार्कीनिश्चल श्रेष्ठसमिता बस्नेतअम्बिका सुवेदीसिरता गुरुङउर्मिला श्रेष्ठ

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024