आशा परियारहरू यो देशका नागरिक होइनन् र ?

18 Dec, 2023

काठमाडौँ — २७ महिनादेखि कोमामा रहेकी ४० वर्षीया आशा परियारलाई कुवेतबाट काठमाडौं ल्याइएको महिना दिन कटिसक्यो । उनको उपचारका लागि न परिवारले जिम्मा लिएको छ, न सरकारले नै । बेसहारा रहेकी आशालाई अमृतसार सामाजिक संस्थाले आफ्नो आश्रयमा राखेको छ ।

भरतपुर महानगरपालिका–१९, रामपुर चितवनकी आशा चार वर्षअघि घरेलु कामदारका रूपमा कुवेत पुगेकी थिइन् । कुवेत पुगेको एक वर्षसम्म परिवारसँग नियमित सम्पर्कमा थिइन्, पछि टुट्यो । परिवारले केही समयपछि आशा कोमामा रहेको खबर पायो । कुवेतको सरकारी अस्पताल फर्वानियामा एक वर्ष राखेपछि सवा अस्पतालमा सारिएको थियो । फर्वानिया अस्पतालमा भर्ना भएको दुई महिनामा आशाले छोरी जन्माइन् । त्यतिखेर उनी कोमामा नै थिइन् । सवा अस्पतालले थप उपचार नभएको भन्दै बारम्बार नेपाल लैजानका लागि नेपाली दूतावासलाई दबाब दिँदै आएको थियो । उनलाई नेपालमा ल्याई उपचार गर्न सक्ने हैसियत नभएको भन्दै परिवारले आशाको जिम्मा लिएन ।

नेपाली दूतावासले अमृतसार सामाजिक संस्थासँग समन्वय गरी २३ महिने छोरीसहित आशालाई कात्तिक २९ मा मेडिकल स्कर्टिङमा नेपाल पठाइदिए । ‘आशालाई हामीले आश्रय नदिने हो भने बिचल्ली हुने अवस्था आयो । कसैले जिम्मेवारी लिँदैन,’ अमृतसारकी संस्थापक सदस्य मुना गौतमले कान्तिपुरसँग भनिन्, ‘उनी बोल्न सक्तिनन् । कुरा बुझेजस्तो गर्छिन् । दायाँ पाटो पूरै चल्दैन । बायाँ हातखुट्टा मात्रै चल्छ ।’वासी दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघले आप्रवासनका चुनौती र अवसरहरूका बारेमा चेतना जगाउन र विश्वभरका आप्रवासीहरूको योगदानलाई मान्यता दिनका लागि विश्वव्यापी रूपमा यो दिवस मनाउँदै आइएको छ ।

यो वर्ष ‘आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान’ भन्ने मूल नारा तय गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि आप्रवासी र आश्रित परिवारको संरक्षण, समान कामका लागि समान ज्याला, लैंगिक विभेदको अन्त्य र आप्रवासी श्रमिकको स्वास्थ्य

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको कल्याणकारी कार्यको जिम्मेवारी लिने निकाय वैदेशिक रोजगार बोर्ड हो । श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा गएको कामदारलाई बोर्डले चिन्दैन । ‘जुन कामदारले श्रमस्वीकृति लिएको छ । त्यो कामदारले मात्रै बोर्डबाट पाउने सेवासुविधा पाइन्छ,’ बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले भने । बोर्डको स्थापना (२०६५/६६) देखि अहिलेसम्म १२ हजार ७ सय ८४ जनालाई राहत रकम दिएको छ । गम्भीर बिरामी तथा अंगभंग भएर फर्किएका २८ सय ७२ जना श्रमिकलाई बोर्डले आर्थिक सहायता प्रदान गरिएको उप्रेतीले बताए । आप्रवासन मामिलाका विज्ञ सरु जोशीले सरकारले घरेलु महिला कामदारलाई श्रम कानुनको दायरा बाहिर राखेर गैरकानुनी बाटोबाट जान बाध्य पारिएकाले बोर्डको दायित्वबाट बाहिर पारिएको बताइन् । ‘यो सवाल आजको मात्रै होइन । बोर्डको स्थापना भएदेखि नै हो । सरकारले आफ्नो नागरिकलाई ‘लिगल’ र ‘इलिगल’ भनेर छुट्याएको छ’, उनले भनिन्, ‘अर्थ मन्त्रालयले बोर्डमा रकम राखेर भए पनि आशा जस्ता घरेलु कामदारलाई सम्बोधन गर्नुपर्ने हो । तर, कहिले पनि यस्ता प्रकृति कामदारलाई न्याय दिने काम भएन ।’

आव २०७९/८० मा वैदेशिक रोजगार विभागबाट ७२ हजार महिलासहित ७ लाख ७१ हजार ३२७ जना श्रमिक वैदेशिक रोजगारीमा गएका थिए । त्यही वर्ष १२ खर्ब २० अर्ब ५६ करोड रेमिट्यान्स भित्रिएको थियो । ‘रेमिट्यान्स आउँदा कामदारको कानुनी हैसियत हेरिँदैन । जब त्यही कामदार अंगभंग भएर आउँदा सरकारका नीति, कानुन र कार्यविधिहरूले कामदारको कानुनी हैसियत खोज्ने गर्छ,’ जोशीको भनाइ छ, ‘सरकारले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा विप्रेषणको हिस्सा २२.७ बराबर पुर्‍याउने आप्रवासी कामदारको स्वास्थ्य र सुरक्षालाई हेर्नुपर्छ ।’

आप्रवासीमाथि हुन सक्ने विभेदलाई ध्यानमा राखी संयुक्त राष्ट्रसंघले डिसेम्बर १८ का दिन आप्रवासी श्रमिक र तिनका परिवारको सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरी सन् २००३ जुलाई १ देखि लागू भएको छ । त्यसअनुसार हरेक डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय आप्र र सामाजिक सुरक्षाको सुनिश्चिता हुनुपर्ने भन्दै यो दिवस मनाइरहेको छ । ‘घरेलु कामदारलाई व्यवस्थित गर्न श्रम मन्त्रालयले आन्तरिक गृहकार्य गरिरहेको छ,’ श्रम सचिव केवलप्रसाद भण्डारीले भने, ‘यो मुद्दामा सबै सरोकारपक्ष एकठाउँमा उभिनुपर्छ ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024