अस्ट्रेलिया पठाइदिन्छु भनी ३० लाख ठगी, एकजना पक्राउ

28 Apr, 2023

१४ वैशाख, काठमाडौं। अस्ट्रेलिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका-१३ घर भई हाल काठमाडौं महानगरपालिका-१ लाजिमपाट बस्‍ने २५ वर्षीया सयना रहेका छन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लाजिमपाटबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

उनले पीडितहरुबाट पटक पटक गरी ३० लाख रुपैयाँ रकम ठगी गरी सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024