अस्ट्रेलियाबाट पनि हाम्रो पात्रोमार्फत रेमिटेन्स पठाउन सकिने

20 Nov, 2023

काठमाडौं, मङ्सिर ४ गते । नेपालको लोकप्रिय एप हाम्रो पात्रोले अस्ट्रेलियामा आफ्नो रेमिटेन्स सेवा सुरु गरेको छ । यसअघि अमेरिकामा मात्र सीमित रहेको कम्पनीको रेमिटेन्स सेवा सोमबारदेखि अस्ट्रेलियामा समेत सञ्चालनमा ल्याइएको हो ।

नेपाल रेमिटेन्स पठाउन सकिने यो सेवाको अमेरिकामा सफल सञ्चालनसँगै अस्ट्रेलियामा समेत सुरु गरिएको कम्पनीले जनाएको छ । “अस्ट्रेलियामा रहेका ग्राहकको स्वागतार्थ हाम्रो रेमिटेन्स सेवामा पहिलो तीन ओटा कारोबार निःशुल्क गरेका छौं,” हाम्रो पात्राे इंककी फिनटेक निर्देशक सुदीना गौतमले भन्नुभयो, “यो अफरअन्तर्गत अस्ट्रेलियामा रहेका नेपालीहरूले हाम्रो पात्रोमार्फत तीन पटकसम्म रेमिटेन्स पठाउँदा कुनै शुल्क लाग्दैन ।”

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024