अवैध रूपमा अमेरिकामा बस्दै आएका १० नेपालीलाई अमेरिकी अध्यागमनले पक्राउ गरी नेपाल नै ल्याएर छाडेको छ । चार्टर्ड विमानमा राखेर उनीहरूलाई बुधबार नेपाल ल्याइएको हो ।
विमानस्थल स्रोतका अनुसार बुधबार बिहान ९.५५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको सो चार्टर्ड विमानमा एक महिलासहित १० नेपाली छन् ।
अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प निर्वाचित भएपछि उनले अवैध आप्रवासीविरुद्ध कारबाही तीव्र बनाएका छन् । सोही क्रममा उनीहरू पक्राउ परेका हुन्। यद्यपि, विगतका वर्षमा पनि अवैध बस्ने नेपालीहरूलाई चार्टर्ड विमानमार्फत नेपाल ल्याएर छाड्ने गरिएको थियो ।