अवैध ढंगले छिरेका तीन नेपालीलाई अमेरिकाले गर्‍यो निष्कासन

3 Feb, 2025

काठमाडौं : गैरकानुनी रूपमा अमेरिका छिरेका तीन जना नेपाली निष्कासनमा परेका छन्। अमेरिकी अदालतको आदेशपछि उनीहरूलाई निष्कासन गरिएको हो।

निष्कासनमा पर्नेमा यमप्रसाद तिवारी, घनश्याम खत्री र भुपाल विक रहेका छन्। उनीहरूले अवैध तरिकाले अमेरिका प्रवेश गरेका थिए।

गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेपछि उनीहरूलाई अध्यागमनले नियन्त्रणमा लिएको थियो। अदालतको आदेशपछि गत साता उनीहरूलाई निष्कासन गरी नेपाल पठाइएको स्रोतले बताएको छ। उनीहरूलाई एयर इन्डियाको विमानबाट भारत हुँदै काठमाडौं पठाइएको स्रोतको भनाइ छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिएसँगै अमेरिकाको आप्रवासन नीतिमा कडाइ गरेका छन्। उनले अमेरिकामा गैरकानुनी तरिकाबाट बसिरहेका आप्रवासीहरूलाई निसानसमेत साधिरहेका छन्। ट्रम्प प्रशासनले धमाधम त्यस्ता आप्रवासीहरूलाई पक्राउ गरी निष्कासन गरिरहेको छ। अफ्रिकीलगायत कतिपय देशका नागरिकहरूलाई अमेरिकी सेनाको जहाजाटै फिर्ता पठाइएको एजेन्सीहरूले उल्लेख गरेका छन्।

माघको पहिल साता पनि दुई नेपालीलाई अमेरिकाले निष्कासन गरेको थियो। अध्यागमन कानुन उल्लंघन गरेका शेर शाङ्बु शेर्पा र सारुन श्रेष्ठलाई अमेरिकाले निष्कासन गरेको थियो।

हालैमात्र प्रकाशित एक रिपोर्टअनुसार अमेरिकी अदालतले १ हजार ३ सय ६५ जना नेपालीहरूलाई देश छोड्न आदेश दिएको छ। नेपालको टीपीएस नवीकरण नभए उक्त संख्या ३ हजार पुग्ने अनुमान गरिएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024