‘अमेरिका पठाइदिन्छु’ भन्दै १५ लाख ठगेको आरोपमा आमाछोरा पक्राउ

29 Nov, 2023

‘अमेरिका पठाइदिन्छु’ भन्दै १५ लाख ठगेको आरोपमा आमा र छोरा पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका- १४ बस्ने ३६ वर्षीय विशाल श्रेष्ठ र ६४ वर्षीया शान्ति श्रेष्ठ पक्राउ परेका हुन्।

उनीहरूलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

चन्द्रबहादुर रावललाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई अनुसन्धान कार्यालयले मंगलबार वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024