अमेरिका पठाइदिन्छु भन्दै ६० लाख ठगी गर्ने पक्राउ

13 Mar, 2024

काठमाडौं : नेपाल प्रहरीले अमेरिका पठाइदिन्छु भनी ६० लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने उदयपुर त्रियुगा नगरपालिका वडा नं ७ घर भई हालः गोंगबु बस्ने ३६ वर्षीय लोकबहादुर राउतलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले अमेरिकामा सात लाख ५० हजारसम्म तलब हुने प्रलोभनमा पारी खिमा डाँगीसमेत दुई जनालाई ठगी गर्ने राउतलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका राउतले अमेरिका जानका लागि प्रतिव्यक्ति ८० लाखसम्म लाग्छ भनी दुई जनासँग ६० लाख लिएर फरार भएका थिए। राउतलाई गोंगबुबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता रेग्मीले बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024