अमेरिका पठाइदिने प्रलोभन देखाएर ५४ लाख ठगी, एक जना पक्राउ

12 Aug, 2024

काठमाडौं : अमेरिका पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला पाणिनि गाउँपालिका-७, दुविचौरका २१ वर्षीया लक्ष्मी माझी रहेकी छन्।

उनले अमेरिकामा मासिक २ लाख रुपैयाँ तलब हुने र काम पनि सजिलो हुने प्रलोभन देखाएर ५४ लाख ७ हजार ८७० रुपैयाँ लिएर फरार भएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोलीले उनलाई काठमाडौंको तारकेश्वरबाट पक्राउ गरेको छ।

कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजी कुमार आचार्यले थप अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024