अमेरिकामा रहेका नेपाली भन्छन्-‘प्रकृया पूरा गर्छौँ, नेपाल फर्किन पाउँ’

17 Apr, 2020

अनिल अधिकारी 

अमेरिका : कोरोना भाइरस संक्रमणका कारण महिनौंदेखि अमेरिकामै रोकिएका नेपालीहरु देश फर्किन पाउनुपर्ने भन्दै सरकारसँग आग्रह गरिहेका छन् । विभिन्न भिषामा अमेरिका आई यहीँ थुनिएका नेपाली नागरिकले नेपाल सरकारसँग आवश्यक पहल थाल्न आग्रह गरेका हुन् । सरकारले तोकका आवश्यक सबै प्रकृया पूरा गर्न आफूहरु तयार रहेको भन्दै स्वदेश फर्किन पाउनुपर्ने माग गरेका  छन्। 

बतास अर्गनाइजेशनका कार्यकारी निर्देशक शान्ताराज बसातले अन्नपूर्ण पोस्ट्सँग भने, हामी स्वास्थ्य परीक्षणदेखि सरकारका सबै प्रकृया पूरा गर्न तयार छौं, नेपाल पुगेर सरकारले बनाएको क्वारेन्टाइनमा पनि बस्न तयार छौं तर हामीलाई देश फर्काउने वातावरण बनाइयो।’भ्रमण भिषामा अमेरिका आएका सन्तोष सुवेदीले ल्याएको रकम सकिन लागेको र अमेरिकामा बस्न अन्यौल भएको भन्दै नेपाल फर्काउन सरकारसँग आग्रह गरेका छन् । सुवेदीले आफूजस्तै अन्यमा पनि अब खर्चको अभावमा पर्न थालेको गुनासो गरे। 

अहिले बतास अर्गनाइजेशनले नेपाल फर्किन चहानको सूचना संकलन गरिरहेको छ । बतासले वेबसाइडमार्फत सूचना संकलन गरेको जनाएको छ। यसरी नेपाल फर्किन पाउनुपर्ने माग राख्नेहरुको संख्या अमेरिकामा हालसम्म करिब दुई सयको हाराहारीमा रहेको बतास अर्गनाइजेशनले जनाएको छ। 

अमेरिकामा रहेका नेपालीहरुले आधिकारिक संख्या प्राप्त भएपछि विवरण नेपाल सरकारलाई पठाउने तयारी गरेका छन्। सरकारको तर्फबाट चार्टर गर्न सम्भव भए चार्टर विमानमा नत्र कमर्सियल विमानमा भएपनि नेपाल फर्किन इच्छुक रहेको जानकारी दिएका छन् । 

बतास अर्गनाइजेशनले यो लिङकमा गएर आफ्नो बिवरण भर्नु भनेको छ।  https://forms.batas.com/

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024