अमेरिकामा नेपाली लुकिछिपी बसेका छन् भने फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्छ: चित्रबहादुर केसी

17 Feb, 2025

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकामा नेपालीहरू लुकिछिपी बसेका छन् भने उनीहरूलाई फिर्ता ल्याउनका लागि सरकारले पहल थाल्नुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै केसीले नेपालीहरूलाई पनि अमेरिकाले अमानवीय ढंगले डिपोर्ट नगरोस् भन्नका लागि सरकारले अहिल्यैदेखि ध्यान दिनुपर्ने बताएका हुन्।

‘ध्यान नदिए विश्व समुदायमा नेपालको प्रतिष्ठामा समेत आँच पुग्न सक्छ। त्यसैले यदी अमेरिकामा गैरकानुनी तबरबाट नेपाली नागरिक लुकिछिपी बसेका छन् भने नेपाल फिर्तिका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानकर्षण गर्छु’ उनले भने।

केहीअघि अमेरिकाले भारतीय आप्रवासीहरूलाई डिपोर्ट गर्दा उनीहरूलाई ४० घन्टासम्म हातखुट्टा बाँधेर ल्याइएको थियो।

‘अमेरिकाले भारतीय नागरिकहरूलाई हातखुट्टामा नेल, जन्जिर र हतकडी लगाएर उनीहरूको मर्यादाको ठाडो उल्लंघन गरेर डिपोर्ट गर्ने कार्यले पश्चिमाहरुले दुहाई दिँदै आएको मानवअधिकारको विश्वव्यापी रूपमा धज्जी उडेको छ,’ उनले भने।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024