अपाङ्गता भएका ४० प्रतिशतले पूर्ण रोजगारी गुमाए

3 Dec, 2020

सन्देश श्रेष्ठ

 

कोरोना भाइरसको प्रभाव अपाङ्गता भएकाहरुलाई नराम्ररी परेको छ। महासंघले हालै गरेको सर्भेक्षणमा कोभिडका कारण अर्थतन्त्र खस्किदा नेपालमा ४० प्रतिशत अपाङ्गता भएका व्यक्तिहरुले रोजगारी र आयश्रोत पूर्ण रुपमा गुमाएको राष्ट्रिय अपाङ्गता महासंघले जनाएको छ। बल्ल बल्ल सीप सिकेर सानोतिनो जागिर खाने उनीहरुको पूर्ण रुपमा जागिर गुमेको राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेश अध्यक्ष खोमराज शर्माले जानकारी दिए।

महासंघले अतिसक्त पूर्ण असक्त भएका ६० प्रतिशतमा कोभिड र यसको संक्रमणबाट बच्ने उपायबारेमा सूचना नै नपुगेको जनाएको छ। कोभिडपछि अपाङ्गता भएका ४५ प्रतिशतले यसअघी पाउँदै आएको आधारभूत र अत्यावश्यक स्वास्थ्य सेवा प्राप्त गर्न छाडेका छन्। सेवा प्रभावित हुँदा उनीहरु स्वास्थ्य सेवाबाट बञ्चित भएको प्रदेश अध्यक्ष शर्माले बताए।

महासंघले अपाङ्गता भएर राहत पाउनुपर्ने अवस्थाका ५४ प्रतिशतले राहत पाउन नसकेको जनाएको छ। यसमा सबैभन्दा धेरै पूर्ण र अतिसक्त अपाङ्गता भएकाहरु रहेको शर्माले बताए। कोभिडपछि विद्यालय बन्द हुँदा विद्यालयहरुले अनलाईन प्रविधिबाट पठनपाठन सञ्चालन गरेपनि बौद्धिक अपाङ्गता भएका, अटिजमलगायतका अपाङ्गता भएका बालबालिकाहरुले यो शिक्षा लिन नपाएको जनाइएको छ। त्यस्तै बहिरा र दृष्टिविहिन बालबालिकाहरुपनि प्रविधि र पहुँचमा नहुँदा अनलाई शिक्षाबाट बञ्चित रहेको प्रदेश अध्यक्ष शर्माको दाबी छ।

महासंघले अपाङ्गता भएकाहरुमा देखिएको समस्या समस्याधानका लागि अपाङ्गता भएका व्यक्तिको विस्तृत तथ्याङ्क संकलन गर्नुपर्ने भनेर पहिलो शर्तका रुपमा राखेको छ। त्यस्तै दोश्रो शर्तका रुपमा संविधान, कानून कार्यान्यनसँगै हालसम्मका नीति पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने बताएको छ। यसैगरी, नीति र कानून कार्यान्वयनका लागि तल्लो तहसम्म पर्याप्त कानूनी शिक्षा दिदै स्थानिय पालिकालाई ज्ञान, सीप, मानवश्रोत र प्रविधिले सम्पन्न बनाउनुपर्ने प्रदेश अध्यक्ष शर्माले बताए। 

महासंघले अपाङ्गता भएकाहरुका लागि रोजगारी, शिक्षा, स्वास्थ्य र सुविधासँगै पुर्नस्थापनाका विषयमा नीति राम्रो बनेपनि कार्यान्वयन फितलो हुँदा अपाङ्गता भएकाहरु त्यसबाट टाढा रहेको जनाएको छ। महासंघले समाजमा अपाङ्गता भएकाहरुलाई हेर्ने परम्परागत र रुढीबादी सोंच अझै जरा गाडेर बसेको तथा अपाङ्गता भएका महिला, किशोरी तथा बालबालिकामाथि हुने यौनजन्य र हिंसाका कृयाकलाप घट्नुको सट्टा बढ्दो रहेको बताएको छ। सरकारलेसमेत रोजगारीमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचलाई विशेष व्यबस्थासहित थप प्रवद्र्धन गर्नुपर्नेमा उल्टै निजामति सेवामा गरिएको ५ प्रतिशतको आरक्षण घटाउने जस्ता प्रयासहरु गरिरहेको भन्दै यसले अपाङ्गता भएका व्यक्तिहरुको जीवनयापनप्रति राज्य गम्भीर नभएको प्रष्ट हुने महासंघको भनाई छ।

महासंघले राज्यको न्याय प्रणाली अपाङ्गता भएका व्यक्तिको पहुँचमा नभएकोपनि जनाएको छ। यसैबीच, आज अपाङ्गता भएका व्यक्तिहरुको अन्र्तराष्ट्रिय दिवस, विविध कार्यक्रम गरेर मनाईदैछ। यो दिवस यस वर्ष विश्वभरी विल्डिङ ब्याक बेटर, टुवार्ड अ डिसेविलिटी–ईन्क्लुसीभ, एक्सेसेवल एण्ड सस्टेनेवल पोस्ट कोभिड–१९ वल्र्ड’ भन्ने नारासहित मनाईदैछ भने नेपालमा कोभिड–१९ पश्चात उत्कृष्ट पुनरागमनको सुनिश्चितता, अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने नारासहित मनाईदैछ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024