यस अध्ययनमा सन् २०१५ पछि नेपालबाट अन्तर्राष्ट्रिय मुलुकहरूमा हुने मानव बेचबिखनका मार्गहरूमा भएका परिवर्तनहरूका बारेमा बुझ्नका लागि नेपालबाट मानव बेचबिखनमा संलग्न भएका विभिन्न व्यक्तिहरूबारे समाचारहरुमा गरिएको चित्रणलाई विश्लेषण गरिएको छ। यस अध्ययनका निष्कर्षहरू सन् २०१६ देखि २०२० सम्मको पाँच वर्षको अवधिमा नेपालका छ वटा राष्ट्रिय समाचार पत्रमा प्रकाशित ४८० वटा समाचारहरुको विश्लेषणका साथसाथै यस विषयमा प्रकाशित विद्यमान दस्तावेजहरू र समाचारपत्रका संवाददाता र सम्पादकहरूसँगको अन्तर्वार्तामा आधारित छन्।
नेपालबाट अन्तर्राष्ट्रिय मुलुकहरूमा हुने मानव बेचबिखनका मार्गहरूको परिवर्तनका बारेमा समाचारहरुको विश्लेषण
Category
Author
Published by
CESLAM
Published Year
2023