s

युवतीलाई 'बली दिन' भारत लैजाने ७ जना सार्वजनिक

महानगरीय प्रहरी परिसर काठमाडाैंले मोडलिङ गर्ने भन्दै बाेलाएर युवतीकाे बली दिने खाेज्ने सात जनालाई पक्राउ गरेकाे छ । उनीहरूले युवतीलाई विराटनगर बाेलाई भारत पुर्याएर तान्त्रिक पुजा गरी बली दिने योजना बनाएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नवलपरासीका वर्ष २६ वर्षीय कृष्ण तामाङ, सप्तरीका ४० वर्षीय उमेश शाह, दाङका २४ वर्षीय दिल कुमारी बुढामागर, सप्तरीका ३५ वर्षीय उमेश माझी, विराटनगरका ५१ वर्षीय दिलिप पोदार, धादिङ्गका २३ वर्षीय प्रेमा तामाङ र सुनसरीका ३७ वर्षीय रञ्जित कुमार चौधरी रहेका छन् ।

अनुसन्धानका क्रममा युवतीलाई मोडलिङका लागि छानिएको र नेपाल भारत सीमामा डकुमेन्ट्रीको छायांकन गर्नुपर्ने भन्दै बाेलाएकाे फेला परेकाे छ । त्यसबापत राम्रो रकम दिने प्रलोभन देखाएको प्रहरीले जनाएकाे छ । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक अशोक सिंहले धेरै रकम दिने आशामा बाेलाई तान्त्रिक पुजाका लागि बोर्डर पार गराउने योजनाअनुसार मोडलिङका लागि प्रस्ताव गरेको र युवतीले प्रस्ताव स्वीकार गरेको अनुसन्धानबाट खुलेको बताए । पीडित युवतीले शंका गरी महानगरीय प्रहरी परिसर काठमाडौंमा पुस ४ गते जानकारी गराएपछि प्रहरीले अनुसन्धान सुरु गरेको उनले बताए ।

प्रहरीले मुख्य योजनाकार दिलिप पोदारलाई भारत विहार मन्दिरका बाबालगायत अन्य व्यक्तिले पैसा दिई सम्पर्क गरेको देखिएको, प्रेम, माया र कृष्णले ५ लाख रुपैयाँ पाउने आश्वासन पाएको अनुसन्धानमा खुलेको छ । उनीहरुको साथबाट प्रहरीले १ लाख ९ हजार ५ सय रुपैयाँ, सामसुङ मोबाइल ७ थान, विभिन्न बैंकका ९ लाख १ हजार बराबरको चेक, कृष्ण तामाङबाट ७ थान एटिएम कार्ड तथा तान्त्रिक पुजाका समानहरु बरामद गरेको छ ।उनीहरुलाई विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो ।

Published on: 27 December 2019 | Naya Patrika

Link

Back to list

;