s

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

वैदेशिक रोजगारमा गएका नेपाली युवा विभिन्न समस्याबाट ग्रसित बन्ने गरेकाले उनीहरुलाई स्वदेशमा नै रोजगारको व्यवस्था गरिनु अपरिहार्य भएकामा जोड दिइएको छ ।
 
अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले राजनीतिक स्थिरता र विकाससँगै विदेशिएका युवालाई स्वदेशमा फर्काउन सकिए देशको दिगो विकास हुनसक्ने धारणा राख्नुभयो ।
 
वैदेशिक रोजगारीमा गएका युवाले भोगेका समस्याको निराकरण गर्न तथा वैदेशिक रोजगार सुरक्षित, व्यवस्थित एवं मर्यादित बनाउन सबैको एकताबद्ध प्रयास आवश्यक हुनेमा उहाँहरुको जोड थियो ।
 
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका सभापति बैनबहादुर क्षेत्री, नेपाल पत्रकार महांघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नेपाल मानवअधिकार आयोग पोखरा कार्यालयका मानवअधिकार अधिकृत मोहन काफ्लेले युवालाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्नु वर्तमानको आवश्यकता भएको बताउनुभयो ।
 
यसअघि अन्तर्राष्ट्रिय आप्रवासन दिवस मूल समारोह समिति कास्कीको आयोजनामा गरिएको पोखराको सिर्जना चोकदेखि जिल्ला प्रशासन कार्यालयसम्म प्रभातफेरी गरिएको थियो ।  
 
Published on: 19 December 2017 | Gorkhapatra

Back to list

;